ओखलढुंगा र ललितपुरमा जनगणनासम्बन्धी सचेतनामूलक प्रशिक्षण सम्पन्न

नेपालमा राष्ट्रिय जनगणना-२०७८ हुन लागेको बेला शनिबार किरात राई यायोक्खा जिल्ला कार्यसमिति ओखलढुंगाको आयोजनामा ओखलढुंगामा जनगणनासम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम गरिएको छ ।

सरकारले आगामी कात्तिक २५ देखि मंसिर ९ गतेसम्म सञ्चालन गर्ने जनगणनामा जाति, पुर्खाको भाषा, मातृभाषा, दोस्रो भाषा र धर्मको प्रश्नावलीमा लेखाउनुपर्ने उत्तरबारे सचेतनामूलक प्रशिक्षण कार्यक्रम गरिएको हो ।

जसमा यायोक्खाका केन्द्रीय अध्यक्ष दिवस राई, किरात राई प्रज्ञा परिषद्का कुलपति जयकुमार राईसहितका अगुवाहरुले प्रशिक्षणसहितको भनाइ राखेका थिए ।

यायोक्खाले जनगणनामा जातिमा राई, मातृभाषामा आ–आफ्नाे मातृभाषा, पुर्खाको भाषामा आ–आफ्नाे मातृभाषा, दोस्रो भाषामा नजिक बसोबास रहेका राईभित्रको कुनै एक भाषा र धर्ममा किरात लेखाउनका लागि राईहरुको बसोबास रहेको क्षेत्रहरुमा अभियान सञ्चालन गरिरहेको छ ।

जनगणनामा राई जाति एक ढिक्का भएर अघि बढ्ने र राज्यसँग राजनीतिक, भाषिक, सांस्कृतिक अधिकार प्राप्तिको लागि गरिने संघर्षमा बलियो हुने उदेश्यसहित अभियान चलाइएको हो ।

शनिबार नै ललितपुरको नखिपोट, ताल्छिखेल, विशालचोक, तिखेदेवल र खुमलटार क्षेत्रका राईहरुबीच पनि जनगणनाबारे अन्तरक्रियात्मक प्रशिक्षण गरिएको छ ।

जसमा यायोक्खाका उपाध्यक्ष टिकासरी साम्पाङ राई, महासचिव जनक राई, यायोक्खा प्रदेश समन्वय समिति बागमती अध्यक्ष सुमन राईसहितका अगुवाहरु सहभागी थिए ।

सो अवसरमा नारायण राईको अध्यक्षतामा १५ सदस्यीय ललितपुर महानगरपालिका वडा नं १४ कार्यसमिति गठन गरिएको छ भने जनगणना अभियानका लागि उपसमिति समेत गठन गरिएको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्