नेपाल आदिवासी जनजाति महासंघ, अन्तर्राष्ट्रिय प्रवास समन्वय समिति गठन

नेपाल आदिवासी जनजाति महासंघ, अन्तर्राष्ट्रिय प्रवास समन्वय समिति गठन गरिएकाे छ । हिजाे असाेज ३० गते आयाेजित जुम मिटिङ भेलाबाट मान राना मगर (अमेरिका) काे संयाेजकत्वमा २१ सदस्यीय समिति गठन गरिएकाे हाे ।

समितिकाे सहसंयाेजकमा शिव भुजेल (कतार), सदस्य सचिवमा पासाङ शेर्पा (युएई) र आर्थिक संयाेजकमा विमला सेने लिम्बु (बेलायत) चयन भएका छन् ।

नवगठित समिति महासंघकाे सचिवालय अन्तर्गत रहने छ ।

पदाधिकारी तथा सदस्यहरुः

१. संयोजक, मान राना मगर, अमेरिका
२. सहसंयोजक, शिव भुजेल, कतार
३. सदस्य सचिव, पासाङ शेर्पा, युएई
४. आर्थिक संयोजक, विमला सेने लिम्बु, बेलायत

सदस्यहरुः

५. लोक चेम्जोङ, अध्यक्ष, अमेरिका
६. अरुणकुमार तामाङ, अध्यक्ष, अष्ट्रेलिया
७. मिङ्मार शेर्पा, अध्यक्ष, इजरायल
८. पुरुषाेत्तम सुनुवार, अध्यक्ष, कतार
९. अमृत तामाङ, अध्यक्ष, कुवेत
१०. वीरकाजी गुरुङ, अध्यक्ष, क्यानडा
११. सञ्जिव राई, अध्यक्ष, जापान
१२. युगेल तेन्डुप शेर्पा, अध्यक्ष, दक्षिण कोरिया
१३. हेमबहादुर गुरुङ, अध्यक्ष, पोर्तुगल
१४. झहरमान थेबे, अध्यक्ष, बहराइन
१५. बाबुराजा लामा, अध्यक्ष, बेल्जियम
१६. भिमकुमार राई, अध्यक्ष, मकाउ
१७. विपिन राई, अध्यक्ष, मलेसिया
१८. विजयलक्ष्मी राई, अध्यक्ष, दुबई
१९. कमानसिंह कर्मा पहाडी शेर्पा, अध्यक्ष, बेलायत
२०. खेम गुरुङ, अध्यक्ष, साउदी अरब
२१. किसन राई, अध्यक्ष, हङकङ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्