दिक्तेलमा राष्ट्रिय जनगणना सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

राष्ट्रिय जनगणना २०७८ काे समय नजिकिदै गर्दा किरात राई यायाेक्खाले जनगणना सम्बन्धी सचेतना अभियान तीव्र बनाएकाे छ ।

यायाेक्खाले प्रदेश नं १ का विभिन्न जिल्लामा सचेतना सम्बन्धी कार्यक्रमहरु गरिरहेकाे छ ।

यसै क्रममा यायाेक्खा खाेटाङ जिल्ला समितिले बुधबार खाेटाङकाे दिक्तेलस्थित जिल्ला समन्वय समितिकाे हलमा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेकाे छ ।

जिल्ला समितिका अध्यक्ष हातिराम राईकाे अध्यक्षतामा सचिव युग्सन किरातले सञ्चालन गरेकाे उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ, यायाेक्खाका केन्द्रीय महासचिव जनक राई, उपमहासचिव भीम राई, केन्द्रीय सदस्य अञ्जना राई, निवर्तमान केन्द्रीय सदस्य प्रश्नराज राई, पूर्व जिल्ला सदस्यहरु सुर्य राई, राजेन्द्र राई लगायतकाे उपस्थिति थियाे ।

साे कार्यक्रमबाट जनगणना अवधिभर घरघरमा पुगेर पर्चा पम्प्लेटिङ, भित्ते लेखन, ब्यानरिङ, सचेतनात्मक अन्तरक्रिया र छलफल गर्ने कार्यक्रम तय गरेको छ ।

हरेक दश वर्षमा हुने राष्ट्रिय जनगणना तत्थ्यांक विभागले यही कात्तिक २५ गतेदेखि सुरु गरी मंसिर ९ गतेसम्म सञ्चाालन गर्दैछ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्