लोड धान्न नसक्दा बत्ती जाने समस्या देखियाे, केही दिनमै हल हुन्छ : घिसिङ

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जाडाे बढेसँगै विजुलीकाे लाेड धान्न नसक्दा बत्ती जाने समस्या भइरहेकाे बताएका छन् ।

तर याे समस्या केही दिनभित्रै समाधान हुने उनकाे भनाइ छ ।

जाडाे बढेपछि एसी र हिटरकाे प्रयाेग पनि बढेकाे र साेही कारण लाेड धान्न नसक्दा बत्ती जाने समस्या भएकाे घिसिङले बताए ।

शुक्रबार काठमाडाैंमा पत्रकार सम्मेलन गर्दै उनले भने, ‘जाडो बढेसँगै एसी, हिटरको प्रयोग बढेका कारण विद्युतको माग बढेको छ । लोड धान्न नसक्दा बत्ती जाने समस्या देखिएको छ, केही दिनभित्र समाधान गछौं ।’

काठमाडौं उपत्यकामा ५०-६० वटा ट्रान्सफर्मरमा समस्या देखिएको र झरीका कारण त्यसलाई फेर्न नसक्दा समेत उपभोक्ताले नियमित विद्युत पाउन नसकेको घिसिङले बताए ।

लोडसेडिङकै झल्को दिने गरी विद्युत आपूर्ति अनियमित हुन थालेपछि केही दिनयता सर्वसाधारणले विद्युत प्राधिरणको आलोचना गर्दै आएका छन् ।

सामान्यता काठमाडौंमा तीन मेगावाट विद्युत माग हुने गरेकोमा केही दिनयता पाँच मेगावाटसम्म पुगेको छ ।

यसैगरी देशभर विद्युतको माग एक हजार तीन सय मेगावाटबाट एक हजार सात सय मेगावाट पुगेको प्राधिकरणले जनाएको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img
spot_img

याे पनि पढ्नुस्