पृथ्वीनारायण शाहको राज्य विस्तारलाई राष्ट्रिय एकताको अभियान भन्नु गलत : वीपी कोइराला

नेपाली राजनीतिका शिखर व्यक्तित्व विश्वेश्वरप्रसाद कोइराला (वीपी कोइराला)ले पृथ्वीनारायण शाहको गोरखा राज्य विस्तारलाई राष्ट्रिय एकताको अभियान भनेर महत्व दिन खोज्नु गलत हुने उल्लेख गरेका छन् ।

वीपी कोइरालाको ‘राष्ट्रियता नेपालको सन्दर्भमा’ शीर्षकको एउटा लेख २०२८ सालको तरुण अंक २ मा प्रकाशित भएको थियो । जसमा उनले पृथ्वीनारायण शाहका बारेमा उल्लेख गरेका थिए ।

नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्रीसमेत रहेका कोइरालाले पृथ्वीनारायण शाहको त्यसबेलाको अभियान गोरखा राज्य विस्तारमात्र रहेको उल्लेख गरेका छन् ।

जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता अशोक राईले आफ्नाे पुस्तक ‘शब्दाञ्जली’मा वीपी कोइराला एक प्रखर दार्शनिक र दूरदर्शी नेता रहेको उल्लेख गरेका छन् ।

‘वर्तमान नेपालको गठन गोरखाका एउटा राजा पृथ्वीनारायण शाहको विजय अभियानको सफल परिणाम हो । …उनी आफ्ना छिमेकका राजा रजौटाहरुभन्दा बढ्ता साहसी तथा उनका सेना सञ्चालकहरु शत्रु पक्षभन्दा अधिक दक्ष र रणकौशलयुक्त थिए,’ उक्त लेखमा कोइरालाले भनेका छन्, ‘पृथ्वीनारायण शाह तथा उनका उत्तराधिकारीहरुको तत्कालीन उद्देश्य गोरखा राज्यको विस्तारभन्दा बढ्ता अरु केही थिएन । त्यसलाई राष्ट्रिय एकताको अभियान थियो भनेर एउटा ऐतिहासिक महत्व दिन खोज्नु गलत हुनेछ । त्यस समयमा नेपाली राष्ट्रियता भन्ने भावना वा कल्पनासम्म पनि थिएन । त्यो त पछि उदय भएको एउटा ऐतिहासिक तत्व हो ।’

एकथरि मानिसहरु (खासगरी खस–आर्य समुदाय र राजावादीहरु)ले पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेको भन्दै उनलाई राष्ट्रिय एकताको प्रतीक मानेर पुस २७ गते पृथ्वीजयन्ती मनाइरहेका बेला वा मनाउनुपर्ने तर्क गरिरहेका बेला नेपाली कांग्रेसका नेता वीपी कोइरालाले पृथ्वीनारायण शाहका बारेमा लेखेका कुरा सान्दर्भिक हुनजान्छ ।

जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता अशोक राईले आफ्नाे पुस्तक ‘शब्दाञ्जली’मा वीपी कोइराला एक प्रखर दार्शनिक र दूरदर्शी नेता रहेको उल्लेख गरेका छन् ।

नेपाली राष्ट्रियताको सन्दर्भमा कोइरालाले लेखेको उक्त अंशलाई नेता राईले शब्दाञ्जलीमा उद्धरण गरेका छन् ।

जसमा उनले दार्शनिक चेतका हिसाबले नेपालका नेताहरुमा वीपी कोइराला बराबरी गर्न सक्ने अर्को व्यक्तित्व आफूले अहिलेसम्म नदेखेको समेत उल्लेख गरेका छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्