सरकारले आगामी वैशाख ३० गते स्थानीय तहकाे निर्वाचन गर्ने घोषणा गरेको छ ।
साे अनुसार वैशाख ३० गते ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी कूल ७५३ स्थानीय तहमा निर्वाचन हुनेछ ।
हाल निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरिरहेकाे छ । र केही दिनभित्रमा अन्तिम मतदाता नामावली प्रकाशन गर्नेछ ।
आयोगले थप मतदाता नामावली संकलन कार्य भने बन्द गरिसकेकाे छ ।
यदि तपाईले फोटोसहितकाे मतदाता नामावली दर्ता गर्नुभएको छ भने आफ्नो नाम मतदाता नामावलीमा छ कि छैन भनेर आफै हेर्न सक्नुहुन्छ ।
यसका लागि आयोगले अनलाइन प्रणालीकाे व्यवस्था गरेको छ ।
तपाईले सिधै आयोगको वेबसाइटमा गएर वा यहाँ क्लिक गरेर मतदाता नामावलीमा आफ्नो नाम छ कि छैन भनेर हेर्न सक्नुहुन्छ ।