स्थानीय तहको निर्वाचनको तयारी अन्तिम चरणमा

निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनकाे तयारी अन्तिम चरणमा पुगेकाे जनाएकाे छ । आयोगले आइतबार पत्रकार सम्मेलन गरी निर्वाचनकाे तयारी अन्तिम चरणमा पुगेकाे जनाएकाे हाे ।

हाल मतदाता शिक्षा सामाग्री तयार गरी प्रकाशन गर्ने, निर्वाचन आचारसंहिता, निर्वाचन चिन्ह र निर्वाचन प्रशिक्षण कार्यक्रमहरु सञ्चालन भइरहेकाे आयोगले जनाएकाे छ ।

अबकाे स्थानीय निर्वाचनमा दुई लाख युवाको मताधिकार सुनिश्चित भएको पनि आयोगले जनाएको छ ।

संविधान बमोजिम १८ वर्ष उमेर पूरा भएका नागरिकले संघीय कानून बमोजिम मतदानको अधिकार उल्लेख गरेको अवस्थामा अन्तिम नामावलीमा नाम समावेश गर्ने प्रयोजनका लागि १८ वर्षको उमेर पूरा हुने निर्दिष्ट मिति आयोगले परिवर्तन गरेसँगै थप दुई लाख मतदाता थपिएको हो ।

यसअघि आयोगले स्थानीय तहको निर्वाचनमा सरकारले निर्वाचनको मिति घोषणा गरेको दिनलाई आधार मान्ने गरेकाेमा आसन्न निर्वाचनका लागि १८ वर्ष उमेर पुग्ने दिन निर्वाचनको अघिल्लो दिन अर्थात् २०७९ साल वैशाख २९ लाई मान्ने निर्दिष्ट गरेको आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले बताए ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img