उभौली-उधौली, ल्होसार र क्रिसमस डेमा सार्वजनिक बिदा

सरकारले किरात समुदायको उभौली र उधौली तथा नेवार समुदायको योमरी पुन्ही–ज्यापू दिवस, गुरुङ, तामाङ र शेर्पा समुदायको ल्होसारमा सार्वजनिक बिदा दिने भएको छ ।

साथै क्रिश्चियन धार्मिक समुदायले मनाउने क्रिसमस डेमा पनि सार्वजनिक बिदा दिने भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले उभौली, उधौली, क्रिसमस डे, तमू ल्होसार, सोनाम ल्होसार र ग्याल्पो ल्होसारमा सार्वजनिक बिदा दिने निर्णय भएको जनाए ।

नेवार समुदायको योमरी पुन्ही तथा ज्यापू दिवस किरात समुदायको उधौलीकै दिन पर्दछ ।

मन्त्री श्रेष्ठकाअनुसार हिजो फागुन १६ गतेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

सरकारले यसअघि दसैं, तिहार, छठ, माघी–माघे सङ्क्रान्ति, बकर इद आदिमा मात्र बिदा दिँदै आएको थियो । आदिवासी जनजातिहरुले आफ्नाे चाडपर्वमा पनि सार्वजनिक बिदा दिनुपर्ने माग गर्दै आएका थिए ।

नेपाल आदिवासी जनजाति महासंघ तथा विभिन्न जातीय संस्थाका प्रतिनिधिहरुले सरकारका विभिन्न निकायमा बिदाका लागि ज्ञापनपत्र बुझाउने, डेलिगेशन जाने गरेका थिए ।

सरकारले थप ६ दिन सार्वजनिक बिदाको घोषणा गरेसँगै आदिवासी जनजातिहरुको एउटा माग पूरा भएको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img
spot_img

याे पनि पढ्नुस्