Sunday, December 4, 2022
16.9 C
Diktel

किरात सिरिजङ्गा लिपिकाे क्यालिओग्राफी फन्ट बनाउने जिम्मा पनि कार्यदललाई नै

लिपिबारे प्रशिक्षण चलाइने

Subtitle

किरातजन्य संस्थाहरुले किरात सिरिजङ्गा लिपिको प्रयोग गर्नका लागि समुदायमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने तथा मातृभाषा पठनपाठन भएका सामुदायिक विद्यालयहरुमा किरात सिरिजङ्गा लिपिको पाठ्यपुस्तकहरु लागू गर्ने भएको छ ।

किरात समन्वय समितिको मंगलबारको बैठकले आ–आफ्नाे समुदायमा किरात सिरिजङ्गा लिपिको प्रयोग कार्यान्वयनमा ल्याउने र लिपिसम्बन्धी प्रशिक्षण कार्यक्रम चलाउने तथा विद्यालयहरुमा पनि लिपिसहितको पाठ्यपुस्तक प्रयोग गर्ने निर्णय गरेको हो ।

किरात राई यायोक्खाका महासचिव जनक राईका अनुसार बैठकले टिटिएफ, क्यालिओग्राफी फन्ट निर्माण लगायतको काम अगाडि बढाउन डा. तारामणि राई नेतृत्वको किरात सिरिजङ्गा लिपि समायोजन कार्यदललाई जिम्मा दिइएको छ ।

क्यालिओग्राफी फन्ट भनेकाे विभिन्न स्टाइलका फन्ट हुन् ।

समितिले गठन गरेको उक्त कार्यदलले नेपालका करिब तीन दर्जन किराती भाषाहरुलाई लेख्न सकिने गरी किरात सिरिजङ्गा लिपि समायोजन गरेको थियो ।

कार्यदलले ४८ वटा व्यञ्जन वर्ण र १२ वटा स्वरवर्णसहितको समायोजन प्रतिवेदन समितिलाई बुझाएकाे थियाे । समितिले उक्त प्रतिवेदन सार्वजनिक गरिसकेकाे छ ।

समितिका अध्यक्ष तथा सुनुवार सेवा समाजका अध्यक्ष रणवीर सुनुवारको अध्यक्षतामा किरात राई यायोक्खाको कार्यालय कोटेश्वरमा बसेको बैठकमा कार्यदलका संयोजक राई, सदस्य अमर तुम्याहाङ, डा. लाल रापचा, तीर्थराज मुकारुङ, गणेश राई लगायतको उपस्थिति थियो ।

बैठकमा किरात याक्थुङ चुम्लुङका अध्यक्ष योगराज लिम्बू, किरात याक्खा छुम्माका अध्यक्ष लीलबहादुर रोगू, किरात राई यायोक्खाका अध्यक्ष दिवस राई पनि थिए ।

बैठकका तस्बिरहरु यायोक्खा महासचिव जनक राईबाट ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्