प्रदेश समन्वय परिषद् लुम्बिनीकाे अध्यक्षमा तुलसा राना मगर

राष्ट्रिय आदिवासी जनजाति महिला महासंघअन्तर्गत प्रदेश समन्वय परिषद् लुम्बिनीको अध्यक्षमा तुलसा राना मगर निर्वाचित भएकी छन् ।

आज रुपन्देहीको बुटवलमा भएको परिषद्को प्रथम अधिवेशनले मगरको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा दिलमाया गुरुङ, सचिवमा गीता भुजेल, सहसचिवमा हिमा कुसुन्डा र कोषाध्यक्षमा धनकुमारी थारु निर्वाचित भएकी छन् ।

सदस्यहरुमा गंगा राई, बुद्ध शेरचन, भेसमाया छन्त्याल र देवी तामाङ छन् ।

महासंघले आयोजना गरेको उक्त कार्यक्रममा महासंघकी केन्द्रीय सचिव सावित्रा चेपाङ प्रमुख अतिथि थिइन् ।

कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका सहइन्चार्ज नवीनकुमार सुनुवार, तमू ह्युल छोंज धिका केन्द्रीय सदस्य धनबहादुर गुरुङ, नेपाल आदिवासी जनजाति महासंघको लुम्बिनी प्रदेश सचिव मनोज राना लगायतका अतिथिहरु पनि थिए ।

कार्यक्रमको सञ्चालन हरिकला थापाले गरेकी थिइन् भने अध्यक्षता दिलमाया गुरुङले गरेकी थिइन् ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img