लिम्बुवान र आदिवासीबिचकाे मैत्रीपूर्ण फुटबल खेल बराबरी

लिम्बुवान फुटबल क्लब (एलएफसी) र आदिवासी फुटबल क्लब (आइएफसी) काठमाडौंबिच मैत्रीपूर्ण फुटबल खेल बराबरीमा टुंगिएकाे छ ।

प्रदेश १ काे धरानस्थित एन्फा एकेडेमीकाे खेल मैदानमा आज भएकाे मैत्रीपूर्ण खेलमा १/१ गाेलकाे बराबरीमा टुंगिएकाे हाे ।

खेलकाे पहिलाे हाफमा आइएफसीका मिङ्मा ह्याेल्माेले गाेल गर्दै १ अग्रता लिएकाे थियाे । मध्यान्तर पछिकाे खेलमा एलएफसीका भाईचुङ लिम्बूले गाेल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

स्वास्थ्य जीवन, मैत्रीपूर्ण सम्बन्ध, सामूहिक कार्यप्रणालीको विकास, जिवनमा खेलको महत्त्व छ भन्ने सन्देश प्रवाह गर्न र खेलकुदमा युवाहरुलाई उर्जा प्रदान गर्ने उदेश्यका लागि मैत्रीपूर्ण फुटबलकाे आयोजना गरिएकाे जनता समाजवादी पार्टी नेपाल लिम्बुवान राष्ट्रिय समितिका उपाध्यक्ष जेन्टल लाओतीले बताए ।

जसपा नेपाल लिम्बुवान राष्ट्रिय समितिको आयोजनामा भएकाे मैत्रीपूर्ण फुटबल खेलमा एलएफसीको तर्फबाट जसपा नेपाल लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमले टिमको नेतृत्व गरेका थिए भने आइएफसीको तर्फबाट त्रिविका प्रोफेसर तथा आदिवासी जनजाति अभियन्ता डा. कृष्ण भट्टचनले टिमको नेतृत्व गरेका थिए ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img