खाम्बातिमको नेतृत्व पुनः युवराज राईलाई

महासचिवमा जितकुमार राई

किरात राई चाम्लिङ खाम्बातिमको अध्यक्षमा पुनः युवराज राई निर्वाचित भएका छन् ।

प्रदेश १ को धरानमा आज सम्पन्न खाम्बातिमको पाँचौ राष्ट्रिय सम्मेलनले राईलाई दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित गरेको हो ।

सम्मेलनबाट उपाध्यक्षमा नरबहादुर राई, जयराम राई, भगवती चाम्लिङ राई, महासचिवमा जितकुमार राई, सचिवमा सइन्द्र राई, भुपाल राई, कोषाध्यक्षमा राकेश राई, सहकोषाध्यक्षमा एलिना राई र सुनिता राई निर्वाचित भएका छन् ।

सबै पदाधिकारीहरु सर्वसम्मत रुपमा निर्वाचित भएको किरात राई यायोक्खाका महासचिव जनक राईले जनाएका छन् ।

सदस्यहरुमा मिलनकुमार राई, विष्णु राई, निरबहादुर राई, गंगाप्रसाद राई, जितमान राई, नोगेन राई, सितादेवी राई, रेवत राई, श्यामलाल चाम्लिङ, सुर्यधन राई, केविन्द्र राई, सागर राई, विपिन राई, केवलराम राई, अजयरोशन राई र रकम रोदुङ रहेका छन् ।

सम्मेलनले ६ बुँदे घोषणापत्र समेत जारी गरेको छ । सम्मेलन फागुन २८ देखि सुरु भएको थियो ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्