कुलमान घिसिङले भने- लाेडसेडिङ हुँदैन

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत आपूर्तीमा समस्या आए पनि लोडसेडिङ नहुने बताएका छन् ।

आज काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले नेपालमा लोडसेडिङ नहुने प्रष्ट पारेका हुन् ।

उनले भने, ‘यो एक दुई दिनको क्राइसिस हो, १५-२० वर्षपछि आएको क्राइसिस हो । अहिले पनि हामी लोड बनाउने नै हो, लोडसेडिङ हुँदैन ।’

भारतमा उर्जा संकट आएपछि सोको असर नेपालमा परेको भन्दै उनले केही समयका लागि मूल्य बढाएर भए पनि नियमति विद्युत दिइने बताए ।

अहिलेको समयमा ३५० मेगावाट विद्युत भएमा सिस्टम चल्ने उनको भनाइ छ ।

तर आगामी जेठबाट तामाकोसीसहितका हाइड्रोपावरबाट विद्युत उत्पादन सुरु हुने भएकालेले त्यसपछि समस्या स्वतः अन्त्य हुने उनले बताए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्