सत्यमोहन जोशीलाई दुःख नदेऊ

सत्यमोहन जोशीलाई दुःख नदेऊ ।

ललितपुर महानगरपालिकाका मेयर साहब अनि तपाईंका पछिपछि लागेका जो सुकै हुन्, सत्यमोहन दाइको उमेरको ख्याल गरेर उहाँलाई घरी यता लाने, घरी कता लाने, विमोचन भन्दै उद्घाटन भन्दै, शिलान्यास भन्दै उहाँलाई एउटा सम्मान दिएको भरमा यति धेरै दुःख नदिनुहोस् अब ।

उहाँलाई प्रमुख अतिथि बनाउँदै, सम्मान भन्दै तानातान गर्नुभन्दा उहाँको उमेरको ख्याल गर्दै सक्दो सुख शयल र आनन्द अनि घरेलु सुविधा दिन जरुरी छ । यो र यस्ता दुःख नातिकाजी, माधव घिमिरे, तारादेवी, संगीत प्रवीण नरराज ढकाल, अम्बर गुरुङले अन्तिम अवस्थासम्म पाइसके । लेखक, कलाकार, साधक तत्कालै नाइँ भन्न सक्नुहुन्न, जहाँ पनि गइदिनु हुन्छ । दुःख शरीरलाई हुन्छ ।

कृपया उहाँलाई अब यस्तो शारीरिक यातना हुने काममा बाहिर धेरै सक्रिय नबनाउहोस् ।

आइसल्यान्ड जस्तो देशमा सम्मानित लेखक, कलाकारलाई भेट्न सरकारले पनि ती निजसँग अनुमति माग्नुपर्छ, विदेशी, आगन्तुक वा अरु कोहीले भेट्न चाहे सरकारमार्फत् उहाँलाई भेट्ने सुविधा मिलाइएको हुन्छ । कृपया उहाँको स्वास्थ्य र उमेरको ख्याल राखेर अब धेरै दुःख नदिऊँ ।

प्रकाश सायमीकाे फेसबुकबाट

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img