तामाङ कर्मचारी सञ्जालको कार्यसमिति विस्तार

तामाङ कर्मचारी सञ्जालको कार्यसमिति विस्तार गरिएको छ । गत शनिबार सम्पन्न सञ्जालको विशेष साधारणसभाले १९ सदस्यीय कार्यसमिति बनाएको छ । यसअघि ९ सदस्यीय कार्यसमिति थियो ।

विस्तारित कार्यसमिति अध्यक्षमा टेकराज स्याङ्तान, उपाध्यक्षमा वीरबहादुर लामा, गुञ्जमान तामाङ र सावित्रा घिसिङ रहेका छन् ।

यस्तै, सचिवमा दामोदर लामा स्याङ्तान, टंकबहादुर नेगी र कोषाध्यक्षमा लक्ष्मी लामा रुम्बा रहेका छन् ।

कार्यसमिति सदस्यहरुमा सन्तोष तामाङ, शारदा लामा, रवि तामाङ, सुकराम घिसिङ, मेनुका घिसिङ, बृहस्पती थिङ्, डा.राजन घिसिङ, देवकुमार स्याङ्बो, तिलक थिङ, सुवास जिम्बा र प्रधुम्न लामा चयन भएका छन् ।

सोही साधारणसभाबाट हिरालाल ब्लोनको संयोजकत्वमा विभागीय तामाङ निजामती कर्मचारी मञ्चसमेत गठन गरिएको छ । मञ्चको सदस्यहरु छायालाल मोक्तान, गणेश तामाङ, सविना तामाङ, युडेन लामा, असलीमाया तामाङ, सोनी तामाङ, पार्वती तामाङ र राजकुमार गोले निर्वाचित भएका छन् ।

साधारणसभाले बागमती प्रदेशका सहसचिव रुद्रसिंह तामाङको संयोजकत्वमा सल्लाहकार समितिसमेत गठन गरेको छ ।

सल्लाहकार समिति सदस्यहरुमा असमान तामाङ (प्र.जि.अ. सहसचिव ), हेमराज तामाङ (सहसचिव), बसन्त लामा (डिआइजी नेपाल प्रहरी), टेकबहादुर तामाङ (एसएसपी नेपाल प्रहरी), ईन्द्र सिंह लामा (एसएसपी, राष्ट्रिय अनुसन्धान विभाग), दिलकुमार लोप्चन (प्र.जि.अ. उपसचिव), डा.लोकबहादुर लोप्चन (प्र.प्र.अ. उपसचिव), श्यामबाबु लोप्चन (उपसचिव) र सन्तोष तामाङ (डिएसपी नेपाल प्रहरी) रहेका छन् ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img