युनाइटेड किरात राई अर्गनाइजेशन अफ अमेरिका न्यूयोर्क च्याप्टरको छैठौ अधिवेशन सम्पन्न भएको छ ।
न्यूयोर्कको ज्याक्शन हाइट अवस्थित घ्याल सुम्दोको केन्द्रीय हलमा आयोजित अधिवेशनको प्रमुख अतिथीमा केन्द्रका अध्यक्ष मुना राई विशेष अतिथि केन्द्रीय कोषध्याक्ष नवीनकला राई अतिथि केन्द्रीय सदस्य शुखराज राई रहेका थिए ।
अधिवेशनले सर्बसम्मतमा ममता राईको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिती निर्विरोध निर्वाचित गरेको छ ।
सर्वसम्मत चुनिएका पधाधिकारिलाई सस्थाका केन्द्रीय अध्यक्ष केन्द्रीय कोषध्याक्ष र निवर्तामान अध्यक्ष केशबराम राईले निर्वाचित कार्यसमितीलाई खादा लगाएर बधाई दिएका थिए ।
पत्रकार तथा कलाकार शान्तिराज राई र नाछुङ पदम राईको ऊपस्थिति रहेको कार्यक्रममा मुना राई, नविन कला राई र सुखराज राई निर्वाचन आयुक्त रहेको निर्वाचन समितिले निर्विरोध नया कार्यसमिति चयन गरेको हो ।
संस्थाका हालका महासचिव सुसना राईले संचालन गरेको कार्यक्रममा विभिन्न रुपले दिवंगत भएका सस्थाका सदस्य तथा अन्य राईहरूको समबेदना स्वरुप १ मिनेट मौनधारण गरिएको थियो ।
कार्यसमिति यसप्रकार रहेको छ ।
अध्यक्ष- ममता राई
वरिष्ठ उपाध्यक्ष- वसन्ती राई
उपाध्यक्ष – कृष्ण पि. राई
महासचिव- सुसना राई
सचिव- सेलिना राई
कोषाध्यक्ष- तेशु राज राई
सहकोषाध्यक्ष- जानकी राई
कल्चर कोर्डिनेटर- रोशन राई
वोर्ड सदस्य– बिपन राई
वोर्ड सदस्य- संगम राई
वोर्ड सदस्य- बिबेक राई
वोर्ड सदस्य- बिकाश राई
वोर्ड सदस- शौरभ राई
वोर्ड सदस्य- शान्ता राई
वोर्ड सदस्य- मैया देवी राई
वोर्ड सदस्य- सुदिप राई
वोर्ड सदस्य- इंदिरा राई
वोर्ड सदस्य- युदिर राई
वोर्ड सदस्य – नाराण राई
