३० हजार घुस लिने रायमाझी अख्तियारको नियन्त्रणमा

नापी कार्यालय, भैरहवा रुपन्देहीमा कार्यरत अमिन टेकबहादुर रायमाझीले जग्गाको हालसाविक गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएपछि अख्तियारको नियन्त्रणमा पर्नुभएको छ ।

रायमाझीले सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सुचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलबाट खटिएको टोलीले निजलाई घुस लिईरहेको अवस्थामा ३० हजार रुपियाँसहित रुपन्देही सिद्धार्थनगर नगरपालिकामा रहेकोनापी कार्यालयको क्वार्टरबाट नियन्त्रणमा लिएको हो ।

अख्तियारले उहाँलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीद्वारा मंगलबार जारी विज्ञप्तीमा उल्लेख छ ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img