धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले ‘सेभ घोपा‘ आन्दोलनमा अब आफ्नाे समर्थन नरहने घोषणा गरेका छन् ।
उनले सेभ घोपा आन्दोलनप्रति विगतमा आफ्नाे नैतिक समर्थन रहेको तर अब नरहने बताएका हुन् ।
आन्दोलन लिक बाहिर जान थालेको र सोही कारण अस्पताल सुधार हुनुको सट्टा सर्ने खतरा रहेको भन्दै प्रमुख साम्पाङले उक्त आन्दोलनप्रति अब आफ्नाे समर्थन नरहेको सामाजिक सञ्जाल फेसबुकबाट घोषणा गरेका हुन् ।