धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले मेयर चढ्न भनी किनिएको गाडी बेचेर सडकको खाल्टाखुल्टी रोलर मेसिन किन्ने बताएका छन् ।

मेयर साम्पाङले मेयरका लागि किनिएको स्कार्पियो गाडी बेचेर रोलर किन्ने बताएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकबाट उनले स्कार्पियो बेचेर रोलर किन्ने निर्णय कार्यपालिकाको बैठकले ताली बजाएर अनुमोदन गरेको पनि बताए ।

हिजो फेसबुकमा रोलर मेसिनको फोटो राखेर उनले लेखेका छन्, ‘मेयरलाई भनेर किनिएको स्कार्पियो गाडी बेचेर धरानको बाटोभरिका खाल्टा टाल्न यो रोलर मेसिन किन्ने बिचार छ मेरो । आज कार्यपालिकाले ताली बजाएर अनुमोदन समेत गरिदिएको छ ।’