रोल्पास्थित गंगादेव गाउँपालिकाको कार्यालयका इन्जिनियर नवीन डाँगीलाई ५० हजार रुपैयाँ घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार पक्राउ गरेको छ ।
मोटरबाटो निर्माण योजनाको नापी किताब, बिल तयार गरिदिएबापत सेवाग्राहीसँग घुस रकम माग गरेको उजुरीका आधारमा नेपालगञ्जबाट खटिएकाे आयोगको टोलीले डाँगीलाई पक्राउ गरेको हो ।
आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीका अनुसार डाँगीले ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा गंगादेव गाउँपालिका वडा नं २ स्थित स्वास्थ्य शाखाको भवनमा रहेको निजको निवासबाट पक्राउ गरिएको हो ।