पत्रकार महासंघकाे इतिहासमा सत्यनारायण बहादुर श्रेष्ठ

इतिहासकै जगमा वर्तमान र भविश्य निर्धारण हुँदै जाने आश्वत सत्य सबैका लागि आवश्यक हुन्छ ।

अझ सिंगो राज्यको चौथो अंगको नेतृत्व संस्था नेपाल पत्रकार महासंघको गर्विलो इतिहासले सबैलाई आत्मसम्मानसहित अपनत्व भावना जगाउन सक्नु पर्छ ।

सिंगो महासंघको इतिहास तयार गर्दा सत्य, तथ्य र ऐतिहासिक दस्तावेजले प्रमाणित गरेको कुरालाई यथार्थपरक ढंगले प्रस्तुत गर्न सक्नुपर्छ । दुर्भाग्य यस्तो बन्यो कि त्यही कुरा ल्याउन सहमत भएन ।

अझ २००८ सालमा सत्यनारायण बहादुर श्रेष्ठले आफ्नै नेतृत्वमा नेपाल पत्रकार संघ गठन गरेको ऐतिहासिक कदमलाई लात मारेर जबरजस्त गर्न खोजियो ।

हाम्रो संयमता र धैर्यता तथा स्वाभिमानलाई अमुक अहंकार जातिवादी भावको साँगुरो मान्यता स्थापित गर्ने भाष्य तयार गरियो । परन्तु यो त सिंगो पत्रकार महासंघको ऐतिहासिक विरासतको कुरा थियो ।

यस्तो स्थितिमा हामीसँग सांकेतिक प्रतिरोध बाहेक विकल्प थिएन । महासंघको गरिमा र संघर्षका नेतृत्व गर्ने महान अग्रजहरुप्रति उच्च सम्मान रहकै छ ।

फेरि पनि फोनिजले उठाएको इतिहासको तथ्यलाई जिउँदो र जिवन्त बनाएर महासंघलाई सबैको समृद्ध र साझा थलो बनाउन हामी निरन्तर लागिरहने प्रतिवद्धता जाहेर गर्दछौं ।

गजुरधन राई नेपाल आदिवासी जनजाति महासंघ (फोनिज)का अध्यक्ष हुन् । याे सामग्री उहाँकाे फेसबुकबाट राखिएकाे हाे ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्