‘किरात प्रदेश’ नाम राख्दैमा केही बिग्रदैन : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश १ को नाम ‘किरात’ राख्दैमा केही पनि नबिग्रने बताएका छन् ।

नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले आज किरात राई यायोक्खाको टोलीसँग प्रदेश १ को नाम पहिचानकाे आधारमा राख्न कांग्रेस सकारात्मक रहेको बताए ।

उनले किरात नेपालको प्राचीन सभ्यता भएको र काठमाडौं उपत्यकामा लामो समय किरातहरुले शासन सञ्चालन गरेको सबैलाई थाहै भएको स्मरण पनि गरे ।

उनले भने, ‘किरात प्राचीन सभ्यता हो, पहिले काठमाडौं उपत्यकामा किरातहरुले लामो समय शासन सञ्चालन गरेको सबैलाई थाहा छ, नाम राख्दा के भयो र ?’

प्रधानमन्त्री देउवाले प्रदेश १ लाई किरात प्रदेश नाम राख्न आफ्ना साथीहरुलाई भन्ने विश्वास व्यक्त गर्दै भने, ‘प्रदेशको नामाङ्कनमा किरात उल्लेख गर्दा केही फरक पर्दैन, पहिचानको आधारमा नामाङ्कन गर्ने कुरामा कांग्रेस सकारात्मक छ, म साथीहरुलाई भन्छु ।’

यायोक्खाका अध्यक्ष दिवस राई नेतृत्वको टोलीले आज प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई किरात प्रदेश नाम राख्नका लागि ज्ञापनपत्र बुझाएकाे हाे ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

11 COMMENTS

  1. किरात विषयमा धेरै प्रमाण छन् इतिहासमा षडयन्त्रकारीहरूले युद्धमा हारेपछि सोझा किरातसंग मित लाएर राज्य खोसियो अधिकारलाई नीति बनायर खोस्यो अब उनीहरूले हुर्काएको संस्कारीत शैव किरात सभ्यतालाई पहिचान नदियर ध्वस्त बनाउन खोज्छन् भने सिधै किरात स्वशासित राज्य घोषणा गरे हुन्छ , कुनै बेला आजका इजरायली यहुदीहरूलाई सबैले हेपेका थिए र नै उनीहरूलाई आफ्नो भुगोलको महसुस भयो र इजरायलको जन्म भयो प्रचीनकालमा यो नेपाल किरात सभ्यताको भूमी थियो तर अहिले सामाजिक सद्भाव नचाहने आयातित शरणार्थी जंगलीहरूले अवरोध गर्छन भने यस्को नतिजा शान्तिपूर्ण हुन सक्दैन समाधान कसरी गर्ने सोच्नुपर्छ।

  2. कस्तो सकारात्मक विचार ! किरात कुनै एक जात राई या लिम्बु लाई मात्र प्रिजेन्ट नगरेर यो आदिवासी सबैलाई प्रिजेन्ट गर्ने हुँदा किरात प्रदेश राख्नु राम्रो हो ।
    निजि विचार !

  3. किरांत प्रदेश राख्नुमा किना केही लिम्बू साथिहरुको असहमती के लिम्बुहरु किरांत होइनन र ?

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img