‘बाबुराम भट्टराईसँग राजनीतिक रुपले सम्बन्ध बिच्छेद गरेँ’ : प्रशान्त सिंह

जनता समाजवादी पार्टी नेपाल (जसपा) फुटाउन डा. बाबुराम भट्टराईलाई सहयोग गरेका प्रशान्त सिंहले नेपाल समाजवादी पार्टीमा नबस्ने घोषणा गरेका छन् ।

सिंहले सामाजिक सञ्जाल फेसबुकबाट डा. भट्टराईसँग राजनीतिक रुपले सम्बन्ध बिच्छेद गरेको घोषणा गरेका हुन् ।

उनी डा. भट्टराईलाई पार्टीबाट अलग हुन उक्साउने नेतामध्येका एक हुन् । उनी भट्टराई निकट नेता मानिन्थे ।

‘म पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग राजनीतिक रुपले सम्बन्ध बिच्छेद गरेको घोषणा गर्दछु,’ सिंहले भनेका छन्, ‘म उहाँ तथा मेरा अग्रज तथा समकक्षीहरुद्वारा मलाई नयाँ शक्ति पार्टी तथा जनता समाजवादी पार्टीका विभिन्न जिम्मेवारीपूर्ण पदहरुमा बस्दा दिइएको सहयोगका लागि धन्यवाद दिन चाहन्छु । म डा. भट्टराईद्वारा निर्मित भइरहेको नयाँ पार्टी सम्भवतः नेपाल समाजवादी पार्टीमा नबस्ने निर्णयमा पुगेको छु ।’

उनले आगामी दिनमा नेपालमा सफा र परिणाममुखी राजनीतिको निर्माण तथा विकासमा आफ्नाे बल र क्षमताले पुगेसम्म प्रयास गर्ने पनि बताएका छन् ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img