जसपा पुनर्गठन : केन्द्रीय समिति ४६६, राजनीतिक समिति १५१ (सूचीसहित)

जनता समाजवादी पार्टी (जसपा) ले केन्द्रीय समिति र राजनीतिक समिति पुनर्गठन गरेको छ ।

केन्द्रीय समिति ४६६ सदस्यीय र राजनीतिक समिति १५१ सदस्यीय बनाएको छ ।

गत असार २९ र ३० गते मधेस प्रदेशको वीरगञ्जमा आयोजित केन्द्रीय समितिको बैठकले यो निर्णय गरेको हो ।

जसपाले संघ र प्रदेशको निर्वाचनको लागि सातै प्रदेशमा संसदीय बोर्ड गठन गरेको छ ।

जसले पार्टीको तर्फबाट उम्मेदवार चयनको मापदण्ड निर्माण गर्ने, सम्भावित उम्मेदवारहरुको सूची बनाउने र सिफारिस भएर आएका नामहरुबाट उम्मेदवार छनोट गरी केन्द्रीय कार्यकारिणी समितिमा पेस गर्नेछ ।

जसपाले सबै प्रदेशमा काम गर्ने गरी निर्वाचन तयारी अभियान सचिवालय समेत निर्माण गरेको छ । जसको जिम्मा अलगअलग प्रदेशमा अलगअलग व्यक्तिलाई दिइएको छ ।

बैठकले विधान अधिवेशनबाट विधान पारित नहुँदासम्मका लागि विधान संशोधन गरी केन्द्रीय कार्यकारिणी समिति ५३ सदस्यीय रहने निर्णय गरेको छ ।

सो अघि ५२ सदस्यीय थियो ।

वीरगञ्जमा बसेको केन्द्रीय समिति बैठकले गरेका निर्णय कार्यान्वयन गर्न गराउन जसपाले गत साउन १८ गते पार्टी मातहतका संगठन तथा नेताहरुलाई परिपत्र गरेको थियो ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

1 COMMENT

  1. म पनि यश पार्टीको वडा हुदै झापा जि. स. सम्म ६ बर्ष देखि थिए र छु । म त्यस्तो क्षेत्रमा छु । जुन स्थान/क्षेत्र जसपाकाे लागि अति उर्वर भुमी हाे तर हाम्रो संगठनकाे पिरामिड उल्टो छ । यसरी बसिदिनु पर्ने पिरामिड🔺 यसरी बसिरहेको छ🔻 जसको नतिजा पनि उल्टै आउँछ ।
    फेरि पनि केन्द्र गठन भाे उल्टाे पिरामिड नै भाे नतिजा फेरि नि उल्टै आउने हाे ।
    पार्टीले बुझ्न सकनु पर्छ संगठन बिस्तारमा भुमिका कस्काे राम्रो छ ? मुल्यांकन गर्नु सक्नु पर्नेछ अन्यथा अरु पार्टी र जसपामा फरक नै के ??
    धन्यवाद संघिय अभिवादन

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्