नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य सूर्य राईले पनि छोडे पार्टी

डा. बाबुराम भट्टराई नेतृत्वको ‘नेपाल समाजवादी पार्टी’बाट अलग भएको सो पार्टीका केन्द्रीय सदस्य सूर्य राईले घोषणा गरेका छन् ।

उनले आफू वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानमा सामेल हुँदै आएको भए पनि हाल वैकल्पिक अभियानमा वैचारिक तथा व्यवहारिक विचलन आएको बताए ।

उनले आज फेसबुकबाट भने, ‘नेपालको आर्थिक सामाजिक अवस्था परिवर्तनको अभियानमा सामेल हुनैपर्छ भन्ने सोच आयो । यसै सोचका साथ उत्साहित भएर वैकल्पिक राजनीतिक यात्रा तय गरियो । यो यात्रामा वैकल्पिक राजनीतिको गन्तव्य ठिक ढंगले अगाडि बढेन । यस अभियानमा पनि वैचारिक तथा व्यवहारिक विचलन देखियो ।’

खोटाङ घर भएका उनले वैकल्पिक राजनीतिको आवश्यकता अझै बढेर गएको पनि बताएका छन् ।

उनले भनेका छन्, ‘मुलुकलाई वैकल्पिक राजनीतिको आवश्यकता झनै बढेर गएको छ । अब यसै विचार र मुद्दाकै आधारमा अगाडि बढ्ने निष्कर्षमा पुगेँ । यसर्थ, आजबाट नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति लगायत कुनै पनि जिम्मेवारीमा नरहेको जानकारी गराउँदछु ।’

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्