गठबन्धनबाटै अघि बढ्ने सबै दलको मान्यता हो : अध्यक्ष राई (भिडियोसहित)

जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष अशोक राईले आगामी मंसिर ४ गतेको निर्वाचनमा गठबन्धनबाटै अघि बढ्ने सत्तारुढ दलहरुको मान्यता र विश्वास रहेको बताएका छन् ।

आज धरानमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राईले भने, ‘आजसम्म हामी सबै दलको मान्यता, आशा, अपेक्षा र विश्वास चाहिँ गठबन्धनबाट नै अगाडि बढ्ने छ ।’

तपाईं कुन क्षेत्रबाट चुनाव लड्नुहुन्छ ? भन्ने पत्रकारहरुको प्रश्नमा उनले आफूले रोजेर पाउने भए २०७४ सालमा जनताले आफूलाई दोस्रो स्थानमा राखेको क्षेत्र सुनसरी–१ नै पाए हुन्थ्यो भन्ने आफ्नाे अपेक्षा रहेको बताए ।

तर आफूहरु गठबन्धनबाटै चुनाव लड्न लागेकोले को कहाँबाट उम्मेदवार हुने भन्ने निर्णय गठबन्धनले नै गर्ने उनको भनाइ छ ।

उनले भने, ‘मैले रोजेर पाउने हो भने सामान्यतः २०७४ सालमा जनताहरुले मलाई दोस्रो स्थानमा राखेको ठाउँ त्यो निर्वाचन क्षेत्र नै पाए हुन्थ्यो भन्ने मेरो अपेक्षा हो, तर यसमा गठबन्धनको नेताहरुको निर्णय निर्णायक हुन्छ ।’

सो क्रममा उनले गठबन्धनभित्र सिट बाँडफाट नमिल्दा कहिलेकाही अनपेक्षित अवस्था पनि आउन सक्ने औल्याए ।

उनले लोकतन्त्रमा सबै खालको विचारले चलखेल गर्न पाउने भए पनि अब नेपालमा राजतन्त्र फर्केर आउन नसक्ने बताए ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img