जसपाको प्रवक्तामा मनिस सुमन

जनता समाजवादी पार्टी, नेपालको प्रवक्ताको जिम्मेवारी मनिस सुमनले पाएका छन् ।

जसपाका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले पार्टीको केन्द्रीय कार्यकारिणी समिति सदस्य समेत रहेका सुमनलाई प्रवक्ता तोकेका हुन् ।

जसपाको राजनीतिक समितिको बैठक यही भदौ १, २ र ३ गते ललितपुरको बालकुमारीमा बसेको थियो ।

उक्त बैठकले विभिन्न विभाग गठनका साथै प्रमुख, उपप्रमुख, सदस्यहरु र प्रदेश र पहिचानमा आधारित राष्ट्रिय समितिहरुको इन्चार्ज र सहइन्चार्जहरु तोक्ने काम गरेको थियो ।

विभाग प्रमुख, उपप्रमुख वा इन्चार्जहरुमा उनलाई राखिएको थिएन । अध्यक्ष यादवले आज उनलाई प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img