जसपा केन्द्रीय कार्यकारिणी सदस्य सुशीला श्रेष्ठ उदयपुरबाट उम्मेदवार

संघीय परिषद् अध्यक्ष अशोक राईकाे पनि सिफारिस

जनता समाजवादी पार्टी उदयपुर जिल्लाले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि उम्मेदवारहरुको नाम सिफारिस गरेको छ ।

जसपा नेपाल उदयपुरका अध्यक्ष केशव मगरको अध्यक्षतामा हिजो बसेको बैठकले उदयपुरको दुईवटै संघीय निर्वाचन क्षेत्र र चारवटै प्रदेश सदस्य निर्वाचन क्षेत्रका लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरुको सिफारिस गरेको हो ।

उदयपुर निर्वाचन क्षेत्र १
प्रत्यक्षः अशोककुमार राई, गोपाल राई र कौशिला राई
समानुपातिकः सुशीला श्रेष्ठ, जनक विष्ट र गोमा राई
१ (क)
प्रत्यक्षः गणेश पुमा राई
समानुपातिकः उर्मिला राई, बाबुराम फुयाल, सुरेन्द्र राई, भूपेन्द्र राई, अन्जना राई, दुर्गा राई, विश्व राई, मणिकुमार राई ।
१ (ख)
प्रत्यक्षः प्रदीप चौधरी र नवराज मगर
समानुपातिकः खेमनारायण यादव, ओसन घिमिरे, भिम विक, महम्मद इस्लाम र विनोद चौधरी

उदयपुर निर्वाचन क्षेत्र २
प्रत्यक्षः सिद्धान्त राई र पदम लामा
समानुपातिकः दिपक माझी, फुलसरी राई, गौरीशंकर उदास र अगमशेर राई
२ (क)
प्रत्यक्षः विश्वराज राई
समानुपातिकः बसन्तकुमार राई, घनश्याम कटवाल, हस्तशोभा राई
२ (ख)
प्रत्यक्षः केशवबहादुर मगर
समानुपातिकः बुद्धिमान तामाङ, सुशीलाकुमारी मगर ।

बैठकले जसपा संघीय परिषद् अध्यक्ष अशोक राईको नाम उदयपुर निर्वाचन क्षेत्र १ बाट सिफारिस गरेको भए पनि उनी सुनसरी–१ बाट निर्वाचनमा उठ्दैछन् ।

हाम्राे च्यानल सब्स्क्राइभ गरिदिनुहाेलाः

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img