जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी युवा संघ धरान नगर समितिको अध्यक्षमा रणजित राई चयन भएका छन् ।
सोमबार जसपा कार्यालय धरानमा आयोजित युवाहरुको भेलाले रणजित राईको अध्यक्षतामा समाजवादी युवा संघ धरान नगर समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा सन्जोक राई, डेबिट लिम्बू, सचिवमा अरुण गुरुङ, सहसचिवमा रमेश तामाङ, सौगात भुर्तेल र केशव राईलाई चयन गरिएको छ ।
कोषाध्यक्षको जिम्मेवारी बुद्धमाया राईलाई दिइएको छ ।
जसपा संघीय परिषद् अध्यक्ष तथा सुनसरी क्षेत्र नं १ का एमाले–जसपाका साझा उम्मेदवार अशोक राईको प्रमुख आतिथ्यतामा भेलाको आयोजना गरिएको हो ।
समितिका नवनियुक्त अध्यक्षसहित पदाधिकारीहरुलाई समाजवादी युवा संघ सुनसरी जिल्लाका अध्यक्ष करुण राईले सपथग्रहण गराएका थिए ।
कार्यक्रममा जसपा केन्द्रीय कार्यकारिणी सदस्य तथा प्रतिनिधिसभा सदस्यका समानुपातिक उम्मेदवार सुशीला श्रेष्ठ, राजनीतिक समिति सदस्य तथा प्रदेशसभा सदस्यका समानुपातिक उम्मेदवार भीम राई, केन्द्रीय सदस्य मनोजकुमार राई, समाजवादी युवा संघका केन्द्रीय अध्यक्ष हेमन्त राई, समाजवादी युवा संघका प्रदेश १ समितिका अध्यक्ष श्री सुब्बा लगायतका नेताहरुको सहभागिता रहेको थियो ।
समाजवादी युवा संघ धरान नगरको अध्यक्ष चुनिएपछि रणजित राईले आगामी मंसिर ४ गते हुन लागेको संघ र प्रदेशको निर्वाचनमा एमाले–जसपाका साझा उम्मेदवारहरुलाई विजयी गराउने चुनावी अभियानमा केन्द्रित हुन समितिका पदाधिकारी तथा सदस्यहरुलाई निर्देशन दिए ।