जनता समाजवादी पार्टी नेपालका राजनीतिक समिति सदस्य तथा प्रदेश १ का समानुपातिक उम्मेदवार भीम राईले आगामी मंसिर ४ गतेको निर्वाचनपछि नेकपा एमालेको नेतृत्वमा प्रगतिशील सरकार निर्माण हुने बताएका छन् ।
नेता राईले एमाले र जसपाको तालमेलले अहिले नै राजनीतिक रुपमा निर्वाचन जितिसकेको दाबी समेत गरे ।
उनले निर्वाचनपछि बन्ने एमाले नेतृत्वको सरकारमा जसपाको पनि सहभागिता हुने बताए ।
उनले निर्वाचनपछि धरानको विकासको नेतृत्व जसपा संघीय परिषद् अध्यक्ष तथा हाल एमाले जसपाको साझा उम्मेदवार रहेका अशोक राईले गर्ने पनि बताए ।
मंसिर ४ गतेको निर्वाचनमा भोट हाल्ने विषय प्राविधिक जिम्मेवारी मात्रै रहेको उनको भनाइ छ ।
एमाले र जसपाबीच देशभरका १४ जिल्लामा तालमेल गर्ने सहमति भएको छ । सुनसरी क्षेत्र नं १ मा प्रतिनिधिसभाका लागि जसपाबाट अशोक राईलाई छाता चिन्हमा प्रदेशसभाको ‘क’मा रमेश बस्नेत र ‘ख’मा विजय राईलाई सुर्यमा मतदान गर्ने तालमेल छ ।
