सुनसरी-१ बाट १७ हजार ५९ मतसहित अशोक राई निर्वाचित

प्रदेशसभामा रमेश बस्नेत र विजय राई

सुनसरी क्षेत्र नं १ बाट जनता समाजवादी पार्टी नेपालका उम्मेदवार अशोककुमार राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

जसपाका संघीय परिषद् अध्यक्षसमेत रहेका राई १७ हजार ५९ मत सहित विजयी भएका हुन् ।

उनका प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोमा तामाङ (शरिन तामाङ) ले १६ हजार ६०६ मत प्राप्त गरिन् ।
नेकपा माओवादी केन्द्रका उम्मेदवार मुक्सामहाङ सुब्बाले १३ हजार ८७ मत प्राप्त गरे ।

नेकपा एमाले परित्याग गरी स्वतन्त्र उम्मेदवार बनेका मनोजकुमार मेयाङ्बोले ७ हजार ८१२ मत प्राप्त गरे ।

सुनसरी–१ मा ‘हेभीवेट’ उम्मेदवार मानिने राईको प्रतिस्पर्धा कांग्रेस–माओवादी–नेकपा एकीकृत समाजवादी–नेपाल समाजवादी पार्टी सम्मिलित बाम लोकतान्त्रिक गठबन्धनका मुक्सामहाङ सुब्बासँग हुने अपेक्षा गरिएको थियो ।

तर, उनको प्रतिस्पर्धा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोमा तामाङसँग भयो । राईले ४५३ मतको अन्तरले तामाङलाई पराजित गरे ।

एमालेका प्रभावशाली नेता मानिने मनोजकुमार मेयाङ्बो स्वतन्त्र उम्मेदवार बनेपछि राईलाई चुनाव जित्न चुनौती थपिएको थियो ।

प्रदेशसभामा पनि तालमेलकै उम्मेदवार विजयी

सुनसरी–१ को दुवै प्रदेशसभा सदस्य निर्वाचन क्षेत्रमा एमाले–जसपा तालमेलका उम्मेदवारहरु नै विजयी भएका छन् ।
सुनसरी–१ (१) मा एमालेका रमेशकुमार बस्नेत निर्वाचित भए ।

उनले ११ हजार १०२ मत प्राप्त गरे ।

उनका प्रतिद्वन्द्वी बाम लोकतान्त्रिक गठबन्धनबाट कांग्रेस उम्मेदवार उमेश थापाले ९ हजार ७५२ मत ल्याए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका उद्धव श्रेष्ठले ८ हजार ३६३ मत ल्याए ।

यसैगरी सुनसरी–१ (२) मा पनि एमालेका विजयकुमार राई निर्वाचित भए ।

राईले १२ हजार ४६५ मत ल्याएर राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदार अनिश ढकाललाई पराजित गरे ।
ढकालले ७४८२ मत ल्याए ।

प्रतिद्वन्द्वी मानिएका बाम लोकतान्त्रिक गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार रेवतीरमण राई ४९८८ मत प्राप्त गरी तेस्रो स्थानमै सीमित भए ।

सुनसरी–१ मा प्रतिनिधिसभामा जसपा र प्रदेशसभाको दुवै क्षेत्रमा एमालेले उम्मेदवार बनाउने गरी एमाले–जसपाबीच तालमेल भएको हो ।

दुई दलबीच देशभरका १४ जिल्लाको प्रतिनिधिसभातर्पm १७ निर्वाचन क्षेत्रमा र प्रदेशसभातर्पm ४२ निर्वाचन क्षेत्रमा तालमेल गर्ने र बाँकीमा मित्रतापूर्ण प्रतिस्पर्धा गर्ने सहमति भएको थियो ।

को हुन् अशोक राई ?

२०२९ सालदेखि कम्युनिष्ट राजनीतिमा लागेका अशोककुमार राई नेकपा एमालेका लोकप्रिय नेता थिए ।

पञ्चायतकालमा १३ वर्ष भूमिगत जीवन बिताएका उनी बहुदलीय व्यवस्था स्थापनापछि तीनपटक सरकारको मन्त्री बने ।
उनी २०४८ सालको संसदीय निर्वाचनमा खोटाङबाट प्रतिनिधिसभामा पहिलोपटक निर्वाचित भए ।

२०५१ सालमा एमाले नेतृत्वको सरकारमा उनी निर्माण तथा यातायात मन्त्री बने । उनी २०५३ सालमा संयुक्त सरकारको संसदीय व्यवस्थामन्त्री र २०६२ साल स्वास्थ्यमन्त्री भए ।

यातायात मन्त्री भएका बेला मध्यपहाडी राजमार्ग निर्माणमा विशेष भूमिका खेलेका राईले स्वास्थ्यमन्त्री भएका बेला बाल मृत्युदर कम गर्न सरकारी अस्पतालबाट सुत्केरी भत्ता दिने कार्यक्रम ल्याएका थिए ।

चार दशक सक्रिय राजनीति गरेका उनले पहिचानसहितको संघीयता, समानुपातिक समावेशिता, धर्मनिरपेक्षताजस्ता मुद्दामा असहमति राख्दै २०६९ सालमा एमाले परित्याग गरेको घोषणा गरे ।

२०७० सालको निर्वाचनमा उनी तत्कालीन संघीय समाजवादी पार्टीबाट सांसद बने ।

केही राजनीतिक साहित्यिक पुस्तकसमेत लेखेका राई २०७४ सालको निर्वाचनमा सुनसरी–१ बाटै उम्मेदवार बनेका थिए ।
तर त्यसबेला उनी २२ हजार १२३ मत ल्याएर दोस्रो भए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img
spot_img

याे पनि पढ्नुस्