निर्वाचनको समिक्षा गर्न जसपाले बोलायो राजनीतिक समितिको बैठक

जनता समाजवादी पार्टी नेपालले गत मंसिर ४ गतेको निर्वाचनको समिक्षा, पार्टीको विधान अधिवेशनलगायत विषयमा छलफल गर्न आगामी पुस १८ र १९ गते राजनीतिक समितिको बैठक बोलाएको छ ।

बैठक ललितपुरको बालकुमारीस्थित पार्टी कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

बैठकमा मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समिक्षा, पार्टीको विधान अधिवेशन, पार्टी संगठन तथा आगामी कार्यदिशा लगायत एजेन्डामा छलफल हुने राजनीतिक समिति सदस्यहरुलाई जारी गरिएको परिपत्रमा उल्लेख छ ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img