काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्रीसहित उर्जामन्त्री बन्ने भएका छन् ।

मंगलबार विस्तार हुने मन्त्रिपरिषद्मा राप्रपाबाट अध्यक्ष लिङ्देनसहित तीन जनाले मन्त्रीकाे शपथग्रहण लिने भएका हुन् ।

राप्रपाबाट विक्रम पाण्डे सहरी विकासमन्त्री र ध्रुवबहादुर प्रधान कानुनमन्त्री बन्दै छन् ।

पार्टी सरकारमा जाने निर्णयमा पुगेपछि अध्यक्ष लिङ्देनले खरो उत्रने घोषणा गरेका छन् ।

उनले पार्टीभित्र ठूलो पंक्तिको असहमतिको बिचमै ढिलो चाडो सरकारमा जानुपर्ने आफ्नाे अनिवार्य सर्त रहेको भन्दै अब खरो उत्रने ट्वीटरबाट बताएका हुन् ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here