राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् ।

लिङ्देनले प्रतिद्वन्द्वी कमल थापालाई २०० मत अन्तरले हराए ।

निर्वाचन समितिका अनुसार लिङ्देनले १८१७ मत पाए भने थापाले १६१७ मत पाए । ४३१ मत भने बदर भएकाे छ ।

राजतन्त्र र हिन्दुराज्य मुख्य एजेण्डा बाेकेकाे राप्रपाकाे अध्यक्षमा लिङ्देन निर्वाचित भएपछि उनलाई अन्य पार्टीका नेताहरुले पनि बधाई दिएका छन् ।

गत मंसिर १५ गतेदेखि काठमाडाैंमा सुरु भएकाे राप्रपाकाे एकता महाधिवेशनबाट राप्रपामा वर्षाैदेखि रगजग गर्दै आएका कमल थापा हारेका हुन् । लिङ्देन राप्रपाकाे एक मात्र निर्वाचिति संघीय सांसद पनि हुन् ।

कमल थापा संसदीय निर्वाचनमा पनि पराजित भएका नेता हुन् ।

पार्टीकाे एकता महाधिवेशनमा आफ्नाे हार स्वीकार गर्दै थापाले लिङ्देनलाई बधाई पनि दिएका छन् ।

थापाले सामाजिक सन्जालबाट भनेका छन्, ‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु । नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई बधाई तथा शुभकामना ।’

1 COMMENT

  1. नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी, नेकपा एस, राष्ट्रिय जनमार्चा, नेकपा माले (सीपी माले !) लगायतका राजनैतिक दलमा रहेका आदिवासी जनजाति समुदायका नेता हौं भन्ने तर…”अरुको हनुमाने !, झोलेपोके !, लगाम लगाएको घोडा !, हुकुमको तामेली !” मात्रै गर्ने…. हरुले केही सिक्न सक्छन्, राजेन्द्र लिड.देनको यो विजयले । भलै अरुको ‘हनुमाने, झोलेपोके, लगाम लगाएको घोडा हुकुमको तामेली मात्रै गर्ने !’ बानी परेका/भएकाहरुले ”राजावादी !, खाजावादी !, आजावादी ! जाजावादी…!” भन्न सक्छन् । तर, जुनसुकै राजनैतिक दलमा भए पनि हाम्रो मान्छेहरु अध्यक्ष भएकोमा कम्तिमा मलाईचाहिँ गर्व लागेको छ है !? अरुले लाए/अह्राएको मात्रै गर्ने बानी भएका…’हनुमाने, झोलेपोके, लगाम लगाएको घोडा बन्ने र हुकुमको तामेली मात्रै गर्ने !’…ज्युहरु, रिसानी माफ है ?!?!….

Please enter your comment!
Please enter your name here