Wednesday, February 8, 2023
11.8 C
Diktel

बालकोट पुगेका उपेन्द्रलाई ओलीले भने- सरकारमा सहभागी हुनुस्

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धलाई बलियो बनाउन आग्रह गरेका छन् ।

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसँगको भेटमा उनले त्यस्तो आग्रह गरेका हुन् । यादव शनिबार ओलीलाई भेट्न निवास बालकोटमा पुगेका थिए ।

ओलीले जसपा अध्यक्ष यादवलाई सरकारमा सहभागी भएर अहिलेको गठबन्धन बलियो बनाउन आग्रह गरेको ओलीको सचिवालयले जानकारी दिएको छ ।

यसअघि निर्वाचनमा पनि मिलेर गएको र अब सरकारमा पनि मिलेर अगाडि बढ्नुपर्ने बताउँदै ओलीले यादवलाई सरकार गठनका क्रममा समस्या आउँदा सबैलाई मिलाएर लैजाने आश्वासन दिएका हुन् ।

जसपाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरे पनि सरकारमा सामेल भएको छैन ।

जसपाका लागि २ मन्त्रालय खाली राखिएको छ। तर जसपाले असन्तुष्टि जनाउँदै सरकारमा सहभागी भएको छैन ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्