रविले आफ्नाे गल्तीको सजाय पार्टीका मन्त्रीहरुलाई दिए

काठमाडौं । जनता समाजवादी पार्टीका नेता तथा पूर्वमन्त्री राजेन्द्र श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा निवर्तमान गृहमन्त्री रवि लामिछानेलाई धेरै खरानी घस्ने नयाँ जोगीको संज्ञा दिएका छन् ।

नेता श्रेष्ठले लामिछानेको नाम उल्लेख नगरीकनै सोमबार एउटा ट्वीट गरेका छन् ।

उनले लेखेका छन्, ‘नेपाली राजनीतिको नयाँ जोगीले सुशासन, समृद्धि र परिवर्तनको धेरै खरानी घसे । तर पद मात्रै पाए नर्कै जाने व्यवहार देखाए । आत्मकेन्द्रित राजनीतिको परिणामः आफ्नाे टाउको फुटेपछि मितको टाउको बेलै सरी भनेजस्तो गल्तीको सजाय पार्टीका मन्त्रीहरुलाई दिए । मिडियाप्रति असहिष्णु बने ।’

अदालतको फैसलापछि लामिछानेको सांसद, मन्त्री र पार्टी अध्यक्ष पद एकसाथ गएको थियो ।

उनले पुनः नागरिकता लिए र साेही दिन पार्टी अध्यक्ष बने । उनले पुनः आफूलाई गृहमन्त्रीमा नियुक्ति गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पटक पटक आग्रह गरे ।

तर, प्रधानमन्त्रीले उनलाई गृहमन्त्री नबनाएपछि उनले पार्टीको बैठक राखेर आइतबार मात्रै सरकारबाट बाहिरिने निर्णय गरी पार्टीका तर्फबाट सरकारमा मन्त्रीहरुलाई राजीनामा दिन लगाए ।

उनले आइतबार नै पत्रकार सम्मेलन गरी आफ्नाे बारेमा गलत समाचार लेखेको भन्दै आइन्दा गलत समाचार लेखे पत्रकार र मिडियाहाउसलाई घेराउन गर्ने चेतावनी दिएका थिए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

1 COMMENT

  1. नेवार जस्तो सन्किर्न जात कोहि हुदैन जसपा सिध्याउने यिनै हुन प्रदेस बाग्मतिमा एउटा वडा सदस्य जिताउन हुति नभएको ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img
spot_img

याे पनि पढ्नुस्