कोशी प्रदेश नाम खारेज गर्न माग गर्दै फागुन २८ गते आमहडताल

कोशी प्रदेशमा मत हाल्ने सांसदहरुलाई प्रतिकार गरिने

कोशी प्रदेश नाम खारेज गर्न माग गर्दै फागुन २८ गते प्रदेशव्यापी आमहडतालतसहित विभिन्न आन्दोलनका कार्यक्रमहरु घोषणा गरिएको छ ।

‘प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति’ले कोशी प्रदेश नाम खारेजको माग गर्दै यही फागुन २५ देखि आगामी चैत ५ गतेसम्म आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको हो ।

घोषित आन्दोलनका कार्यक्रमहरुमा फागुन २५ र २६ गते प्रदेशव्यापी कालो झण्डा गाड्ने, कोणसभाहरु गर्ने, स्थानीय तहलगायत कार्यालयहरुमा तालाबन्दी गर्ने, कोशी नामका बोर्डहरु हटाउने, कोशी नामका लेटरप्याडहरु जलाउने, कोशी प्रदेश नाममा मत हाल्ने सांसदहरुलाई प्रतिकार गर्ने, भित्तेलेखन गर्ने, पर्चा वितरण गर्ने, उद्योगी, व्यवसायीहरुसँग समन्वयात्मक बैठक बस्ने रहेको छ ।

काेशी प्रदेशकाे विराेधमा खाेटाङमा कालाे झण्डा देखाइँदै ।

फागुन २७ गते प्रदेशव्यारी राँकेजुलुस निकाल्ने, फागुन २८ गते प्रदेशव्यापी आमहडताल गर्ने र चैत ५ गते विराटनगरमा विशाल जनप्रदर्शन गर्ने कार्यक्रम छ ।

कोशी प्रदेशविरुद्धको आन्दोलन नेपाल आदिवासी जनजाति महासङ्घ तथा थप विभिन्न नयाँ घटक सदस्यहरुसमेतको संयुक्त बैठकपछि घोषणा गरिएको हो ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

1 COMMENT

  1. तेरिमा बिखन्दन्कारी हरु ,देश्द्रोही हरु तिमीहरु चाइना तिर जाउ कि मङोलिय तिर जाउ लिम्बु राज्य राइइ राज्य माग्न ?
    देश्भक्त नेपाली

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्