साकेलामा कोशी नाम राख्ने सांसदहरुलाई अतिथि नबनाउन यायोक्खाकाे परिपत्र

कोशी प्रदेश नामकरणमा हस्ताक्षर गर्ने प्रदेश सभा सदस्यहरु कसैलाई पनि यसपटकको उँभौली (साकेला)मा अतिथि बनाइने छैन ।

कोही आफूखुसी आए बहिष्कार गरिने छ ।

किरात राई यायोक्खाले कोशी प्रदेश नामकरणमा हस्ताक्षर गर्ने ८२ जना प्रदेश सभा सदस्यहरुसहित नेकपा एमालेका अध्यक्ष केपी ओली, सचिव योगेश भट्टराई र युवा नेता महेश बस्नेतलाई साकेलामा अतिथि नबनाउन मातहतका समितिहरुलाई परिपत्र गरेको छ ।

यायोक्खाका अध्यक्ष जीवन हाताचो राईले कोशी प्रदेश नाम नसच्याएसम्म उनीहरुलाई बहिष्कार गरिने बताए ।

उनले भने, ‘उहाँहरु साकेलामा आउनुभो भने केही छैन । तर हामी अतिथि बनाएर मञ्चमा राख्दैनौं, बोल्न दिदैनौं ।’

साकेलामा पहिचान पक्षधर जनताले उनीहरुलाई प्रतिकार तथा अपमान गरे त्यसको जिम्मा यायोक्खाले नलिने उनले बताए ।

उनले निर्वाचनमा ८२ जना प्रदेश सांसदहरुले कोशी प्रदेशको लागि भोट नमागेको तर पहिचानको आन्दोलन चलिरहेको बेला सरोकारवालाहरुसँग परामर्श नै नगरी ‘डकैती शैली’मा कोशी प्रदेश नामकरण गरेको बताए ।

निर्वाचनमा पार्टीहरुले पहिचानको मुद्दा सम्बोधन गर्छौ भन्दै भोट मागेको उनले स्मरण गरे ।

जनतालाई ढाट्ने र संघीयताको मर्म नबुझी संघीयतालाई नै कमजोर बनाउने गरी कोशी नामकरण गरिएकाेले नाम नसच्याएसम्म साकेलामा मात्रै नभएर कुनै पनि कार्यक्रममा उनीहरुलाई बहिष्कार गर्ने आफूहरुको पूर्वघोषित कार्यक्रम रहेको अध्यक्ष राईले बताए ।

यायोक्खाका महासचिव भिम राईले साकेलामा सहभागी भए पहिचानविरोधी सांसदहरुमाथि जे पनि हुन सक्ने चेतावनी दिए ।

विक्रम संवत्काे पात्राे अनुसार वैशाखे पूर्णेदेखि सुरु हुने उँभाैली (साकेला) किरात राई समुदायको प्रमुख सांस्कृतिक चाड हो ।

कोशी प्रदेशका जम्मा ९३ सांसदहरुमध्ये १० जना राई समुदायका छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्