कोशी प्रदेश सरकार गठनको विवाद पुनः सर्वोच्च अदालतमा

कोशी प्रदेश सरकार गठनको विवाद पुनः सर्वोच्च अदालतमा प्रवेश गरेको छ । मुख्यमन्त्री उद्धव थापाले लिएकाे विश्वासको मतको प्रक्रियामा संविधान मिचिएको भन्दै प्रदेश सभाको प्रमुख विपक्षी दल नेकपा (एमाले)ले विवादलाई अदालत प्रवेश गराएको हो ।

विश्वासको मत लिने क्रममा संविधानको धारा १८६ को प्रतिबन्धात्मक वाक्यांशले निषेध गरेको कार्य सम्पन्न भएकाले बदरको माग पनि रिटमा गरिएको छ ।

मुख्यमन्त्री थापाले विश्वासको मत लिने क्रममा अध्यक्षता गरेका इस्राइल मन्सुरीले मत दिएपछि विवाद बढेको थियो । एमाले प्रदेश सभा संसदीय दलका नेता हिक्मत कार्कीका तर्फबाट बुधबार सर्वोच्चमा रिट दर्ता भएको हो ।

सर्वोच्च प्रशासनका अनुसार रिटको प्रारम्भिक सुनुवाइ बिहीबारका लागि तोकिएको छ । रिटमा मुद्दाको अन्तिम किनार नलाग्दासम्म अन्तरिम आदेशको मागसमेत गरिएको छ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्