हिन्दु राष्ट्रको माग गर्दै कांग्रेस सांसदद्वारा घिस्रिएर प्रणाम यात्रा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले छठ पुजामा हिन्दु राज्यको माग राख्दै विराटनगर महानगरपालिका–३, पोखरीयास्थित शिव पाँचायान मन्दिरबाट सिंघियाघाटसम्म घिस्रिएर प्रणाम यात्रा गरेका छन् ।

पराजुली २०७९ को निर्वाचनमा मोरङ क्षेत्र नं ४ (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

उनले लसुन र प्याज समेत नखाने गरेको उनको सचिवालयले जनाएको छ । उनले नेपाललाई हिन्दु राष्ट्र नबनाएसम्म विकास र शान्ति नहुने बताएका छन् ।

उनले यसअघि पनि १८ पटक घिस्रिएर प्रणाम यात्रा गरेको बताइएको छ ।

पराजुलीले धर्ममा आधारित राजनीतिक विचार कसैले कहिल्यै दबाउन नसक्ने उल्लेख गरेका छन् ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img