राजतन्त्रको कुरा गर्ने भए यलम्बरको गरौंः मेयर साम्पाङ

धरान उपमहानगरका मेयर हर्क साम्पाङले राजतन्त्रको कुरा गर्ने भए प्रथम किरात राजा यलम्बरको कुरा गर्न आग्रह गरेका छन् ।

विवादास्पद मेडिकल व्यावसायी दुर्गा प्रसाईंको नेतृत्वमा बिहीबार काठमाडौंमा राजतन्त्र फकाउने मागसहितको प्रदर्शन गरेपछि मेयर साम्पाङले ट्वीट गर्दै नेपालको सबैभन्दा पहिलो राजा यलम्बरको कुरा गर्नुपर्ने उल्लेख गरेका हुन् ।

संघीय लोकतान्त्रिक गणतन्त्र नै उत्तम व्यवस्था रहेको बताउने मेयर साम्पाङले ट्वीटरमा लेखेका छन्, ‘राजा यलम्बर जिन्दावाद । नेपालको सबैभन्दा पहिलो राजा र सबैभन्दा प्रतापी राजा यलम्बरको जय होस् । राजतन्त्रको कुरा गर्ने भए यलम्बरको कुरा गरौ ।’

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img