पार्टी खोल्न तयार भएर बस्न समर्थकहरुलाई साम्पाङको अपिल

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पार्टी बनाउने भन्दै आफ्ना समर्थकहरुलाई संगठित हुँदै गर्न अनुरोध गरेका छन् ।

जनश्रम गरेर चर्चामा आएका मेयर साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसँग मिलेर पार्टी खोल्दैछन् त ? भन्ने जिज्ञासा रहेको बेला मेयर साम्पाङले नयाँ पार्टीका लागि संगठित हुँदै गर्न आफ्ना समर्थकहरुलाई आग्रह गरेका हुन् ।

उनले आज सामाजिक सञ्जालबाट देश बनाउने दल खोल्न लागेको बताएका हुन् । उनले यसअघि पनि पटक पटक नयाँ पार्टी खोल्ने आशय व्यक्त गरिसकेका छन् ।

तर, आफ्नै अहंकार शैलीका कारण उनले पार्टी खोले पनि त्यो लामो समय नचल्ने बुझाइ कतिपयको छ ।

मेयर साम्पाङले बिहानदेखि बेलुकीसम्म आफै खटिएर विकासका लागि श्रमदान गर्ने, राज्यको एक पैसा पनि भ्रष्टाचार नगर्ने आफ्नाे छबि निर्माण गरेका छन् ।

यही कारण पनि धेरैले उनको समर्थन गरिरहेका छन् । उनी उत्पीडनमा परेका भाषा, संस्कृति, समुदाय र तीनको पहिचान र अधिकार दिनुपर्ने सन्दर्भमा पनि प्रष्ट देखिन्छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्