मेयर हर्क साम्पाङले सुरु गरे प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख अभियान

श्रमदानको नेतृत्व गरेर चर्चामा आएका धरान उपमहानगरका मेयर हर्क साम्पाङले आज (मंगलबार) बाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको अभियान थालेका छन् ।

उनले आगामी २०८४ को निर्वाचनमा देशको कार्यकारी प्रमुख जनताद्वारा प्रत्यक्ष चुनिने व्यवस्था गर्न प्रतिनिधि सभासँग माग गर्दै अभियान थालेका हुन् ।

उनले आफूसहित केही समर्थककाे साथमा हातमा प्लेकार्ड बोकेर उक्त माग राखेका हुन् ।

उनले अब हरेक हप्ताको मंगलबार देशको कार्यकारी प्रमुख प्रत्यक्ष निर्वाचित हुने व्यवस्थाको लागि अभियान चलाउने बताएका छन् ।

नेपाललाई गणतान्त्रिक मुलुक भनिए पनि शासकीय व्यवस्था संसदीय प्रणालीको छ । संविधानमा नै यस्तो व्यवस्था राखिएको छ जुन अहिले विकृत सावित भइसकेको छ ।

कतिपयले देशको शासकीय स्वरुप र निर्वाचन प्रणालीको विकल्प खोज्नुपर्ने आवाज उठाउन थालेका छन् ।

गणतान्त्रिक नेपालको संसदभित्र बहुमतबाट सरकार बन्ने र एक दुई जना सांसदले मात्रै सरकारलाई दिएको समर्थन फिर्ता गर्दा अल्पमतमा परी सरकार ढल्ने गरेको छ ।

यसले एकातिर देशमा राजनीतिक अस्थिरता जारी राखेको छ भने भएको सरकार ढालेर नयाँ सरकार बनाउनका लागि बहुमत पुग्ने अवस्थामा स्वतन्त्र वा साना दलका सांसदहरुलाई प्रभावित पार्नका लागि ठुलो चलखेल हुने गरेको छ ।

जनताले यसको विकल्प खोजिरहेका छन् । तर, यसको निम्ति संविधान नै संशोधन हुनुपर्ने भएकोले ठुला दलहरु सहमत नभएसम्म यो सम्भव छैन ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्