राष्ट्रिय मुक्ति क्रान्ति नेपालद्वारा श्रद्धाञ्जली तथा दिप प्रज्वलन

राष्ट्रिय मुक्ति क्रान्ति नेपालले अविरल वर्षाका कारण बाढी पहिरोमा परी ज्यान गुमाएका दिवंगत आत्माहरुको चिरशान्तिको कामनाका लागि दीप प्रज्वलन गरेको छ ।

बुधबार अध्यक्ष राजेन्द्र महतोको उपस्थितिमा पार्टीका नेता कार्यकर्ताले पशुपति मन्दिरमा दीप प्रज्वलन गरेका हुन् ।

केही दिन यताको अविरल वर्षाका कारण मुलुकमा ठुलो मानवीय र जनधनको क्षति भएको छ ।

बाढी तथा पहिरोमा परि दुइ सय भन्दा बढी नागरिकले ज्यान गुमाउनु परेको छ भने ठुलो संख्यामा घाइते र बेपत्ता छन् । हजारौँ हजार नागरिक घरबारविहिन भएका छन् ।

अहिले पनि ठुलो संख्यामा नागरिक वेपत्ता भएकोले उनीहरुको खोजी गर्न, घाइतेहरुको उपचार गर्न, घरबारविहिन भएकाहरुलाई तत्काल बासको व्यवस्था मिलाउन क्रान्तिका अध्यक्ष राजेन्द्र महतोले नेपाल सरकारसँग आग्रह गरेका छन् ।

अहिलेको अवस्थामा तत्काल बेपत्ता नागरिकको खोजी, घाइतेहरुको निःशुल्क उपचार र विस्थापितहरुलाई स्थापित गर्नुको सरकारको पहिलो प्राथमिकता हुनुपर्ने महतोले बताए ।

पहिरो तथा बाढीका कारण बाटोमा अलपत्र परि फसेका हजारौँ नागरिकको उद्दार हुन सकेको छैन भने तत्कालै उनीहरुको खाने बस्ने व्यवस्था समेत सरकारले गर्न सकेको छैन भने घरबारविहिन भएका हजारौँ हजार नागरिकको तत्कालै खाने र बस्ने सुरक्षित व्यवस्थातर्फ सरकारले ध्यान दिएको छैन ।

मुलुकमा विपद्को मौका छोपी माफियाहरुले खुल्लेयाम कालाबजारी गरि जनजीवन झन् असजह बनाइरहेका छन् । तर सरकार भने आफ्नै धुनमा मस्त रहेकोमा महतोले दु:ख व्यक्त गरेका छन् ।

नेपालीहरुको महान पर्व दशैँको मुखमा राजधानी जोड्ने सबै बाटो लगभग बन्द भएपछि वैकल्पिक माध्यमको रुपमा प्रयोग गर्ने हवाइमार्गको भाडादर विपद्को मौका छोपी महँगोमा खुल्लेयाम बिक्री गरिरहेको छ ।

विपद्को बेला सेवा गर्नुपर्नेमा उल्टै व्यापार गर्न थाल्नु र सरकार मुखदर्शक बन्नुले सरकार जनताप्रति कति उत्तरदायी हो भन्ने स्पष्ट छ ।

अर्कोतिर गाडीको भाडादरमा पनि अत्यधिक बढोत्तरी गरि कालाबजारी गरिरहेको पाइएको छ । तसर्थ सरकारले यसतर्फ यथाशीघ्र ध्यान दिइ जनताको जनजीवन सहज बनाउन जोडदार माग गर्दछु ।

विपदमा परि ज्यान गुमाउनु परेका मृतक नेपाली दाजुभाइ तथा दिदीबहिनीप्रति हार्दिक श्रद्धाञ्जली तथा घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै राज्यका सबै संयन्त्र तथा निकाय, सबै राजनीतिक दल, सामाजिक संघसंगठन, सञ्चार क्षेत्र लगायत सबैमा जनताको दुःखमा हातेमालो गर्न हार्दिक अपिल गर्दै हाम्रो पार्टीका सम्पूर्ण नेता कार्यकर्ताहरुलाई यस कठिन घडीमा जनसेवामा जुट्न अध्यक्ष महतोले आग्रह गरेका छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्