पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले (माधव समूह)का नेता झलनाथ खनाललाई कोरोना संक्रमण देखिएको छ ।
कोरोना संक्रमणपछि उपचारको लागि नर्भिक अस्पताल भर्ना गरिएको खनालकाे निजी सचिवालयले जानकारी दिएको छ । उनकाे स्वास्थ्य अवस्था सामान्य रहेको सचिवालयले जनाएकाे छ ।