Wednesday, May 31, 2023

पार्टीबारे निराश वा आक्रोशपूर्ण टिप्पणी नगर्न नेता राईको आग्रह

जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले पछिल्लो समय पार्टीभित्र देखिएको घटनाक्रमका बारेमा निराश वा आक्रोशित बनेर टिकाटिप्पणी नगर्न कार्यकर्ताहरुसँग आग्रह गरेका छन् ।

उनले जसपाभित्रको घटनाक्रमको बारेमा वस्तुसंगत विश्लेषणविना तथा सही निष्कर्ष भए पनि पद्धतिविहीन तरिकाले सामाजिक सञ्जालबाट अभिव्यक्ति दिँदा त्यसले समस्याको हल नहुने बरु समस्या नै थपिने बताएका हुन् ।

नेता राईले आज आफ्नाे फेसबुक पेजमा एक स्टाटस राख्दै जसपाभित्र महन्थ ठाकुर र राजेन्द्र महतोविरुद्ध आक्रोश व्यक्त गर्ने कार्यकर्ताहरुलाई संयमित हुन आग्रह गरेका हुन् ।

उनले सामाजिक सञ्जाल वा अन्य माध्यमबाट बोल्न वा लेख्न पाउने स्वतन्त्रतालाई सदुपयोग गर्नुपर्ने बताएका छन् ।

‘अहिले जसपामा भइरहेका घटनाक्रमका बारेमा चिन्ता र चासो राख्ने मित्रहरुलाई अधिर भएर टिकाटिप्पणी गर्ने वा निराश वा आक्रोशित बन्ने स्ट्याटस नराख्न अनुरोध छ,’ नेता राईको आग्रह छ, ‘अहिले हामी सबै नेताहरु परीक्षामै छौं र निरन्तर रहन्छौं । तथ्यहरुको वस्तुसंगत विश्लेषणविना र सही निष्कर्ष भए पनि पद्धतिविहीन तरिकाले सार्वजनिक गरेर समस्याको हल नहुने मात्र होइन बरु यसले समस्या थप्ने र लेखकको स्तर परीक्षण समेत हुने हुँदा वाक प्रकाशन स्वतन्त्रतालाई सदुपयोग गरौं । सबैको हित नभए पनि कसैको अहितमा दुरुपयोग नगरौं ।’

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्