देशकाे नेतृत्व गणतन्त्रविरोधी बयलगाडेहरुको हातमा पुगेकाे छः भट्टराई

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गणतन्त्रविरोधीको हातमा देशको नेतृत्व पुगेकाले अहिले गणतन्त्रप्रति नै अनास्था जगाउने काम भइरहेको बताएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेता भट्टराईले नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीतिर इंगित गर्दै यो कुरा बताएका हुन् ।

उनले गणतन्त्र दिवसका दिन (जेठ १५ गते) अर्थात आज बिहान ट्वीट गर्दै गणतन्त्र दिवसको शुभकामना समेत दिएका छन् ।

उनले लेखेका छन्, ‘गणतन्त्रविरोधी बयलगाडेहरुको हातमा देशको नेतृत्व पुगेकाले अहिले गणतन्त्रप्रति नै अनास्था जगाउने जुन काम भइरहेको छ, त्यसलाई परास्त गर्दै जनताको हातमा आएको सार्वभौमसत्ताको रक्षा गरौं ।’

प्रधानमन्त्री ओलीलाई गणतन्त्रविरोधीको रुपमा लिइने गरिएको छ ।

नेपालमा २०६३ सालमा संघीय लोकतान्त्रिक गणतन्त्रको आन्दोलन भइरहेको बेला उनले गणतन्त्रविरोधी अभिव्यक्ति दिएका थिए ।

उनी ‘बयलगाडामा चढेर अमेरिका पुगिन्न’ भन्दै गणतन्त्र असम्भव रहेको अभिव्यक्ति दिएका थिए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्