प्रदेश २ मा महन्थ पक्षका १ मन्त्री र ३ राज्यमन्त्री बर्खास्त

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलसहित चार मन्त्रीलाई बर्खास्त गरेका छन् ।

मुख्यमन्त्री राउतले आइतबार मन्त्री सोनलसहित भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा, सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश मण्डलाई बर्खास्त गरेका हुन् ।

मुख्यमन्त्री राउतले ती मन्त्रीहरुलाई पदमुक्त गरेपछि प्रदेश प्रमुख डा. राजेश अहिराजलाई जानकारी गराएका थिए भने प्रदेश प्रमुख झाले प्रदेश प्रमुखको कार्यालयमार्फत मौजुदा मन्त्रिपरिषद्को नामावाली प्रकाशित गरेको छ ।

प्रदेश २ का मुख्यमन्त्री राउत जनता समाजवादी पार्टीको प्रदेश २ को संसदीय दलका नेता समेत हुन् ।

संसदीय दलको बैठकको निर्णय अनुसार नै उनीहरुलाई पदमुक्त गरिएको हो । पदमुक्त गरिएका चारै जना पूर्व राजपाका हुन् ।

 

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्