प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, कांग्रेसबाट तीन मन्त्रीले लिए शपथ

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बुधबार नेपाली कांग्रेसलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

जनता समाजवादी पार्टी प्रदेश २ का संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री राउतले जसपा र नेपाली कांग्रेसबीच दुईबुँदे सहमति भएपछि कांग्रेसबाट तीनजना मन्त्री नियुक्त गरेका हुन् ।

कांग्रेसबाट रामसरोज यादव भौतिक पूर्वाधार यातायात, ओमप्रकाश शर्मा उर्जा तथा खानेपानी र वीरेन्द्र सिंह महिला, बालबालिका युवा तथा खेलकुदमन्त्री बनेका छन् ।

नवनियुक्त मन्त्रीहरुले बुधबार नै प्रदेश प्रमुख राजेश झाबाट पद तथा गोपनियताको शपथ लिएका छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img
spot_img

याे पनि पढ्नुस्