प्रदेश २ मा अख्तियारले प्रतिशोधको भावनाले छापा मार्यो : जसपा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा छापा मारेकोमा जनता समाजवादी पार्टी (जसपा) ले आपत्ति जनाएको छ ।

प्रदेश २ मा जसपा नेतृत्वको सरकार छ ।

अख्तियारले असोज १३ गते मुख्यमन्त्री कार्यालयले सञ्चालन गरेको ‘बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रममा भ्रष्ट्राचार भएको आशंका गर्दै कागजपत्रहरु जफत गरेको थियो ।

जसपाका कार्यालय प्रमुख प्रकाश अधिकारीले असोज १५ गते एक विज्ञप्ति जारी गरी अख्तियारले अमर्यादित र राजनीतिक प्रतिशोधको भावनाले छापा मारेको भन्दै आपत्ति जनाएका हुन् ।

विज्ञप्तिमा उल्लेख छ, ‘यस्ता कार्यले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई धरापमा पार्ने, प्रदेश सरकारहरुमा नैराश्यता र हिनताबोध हुने राष्ट्र निर्माणका लागि गरिने लोक कल्याणकारी कार्यहरुमा प्रतिकूल असर पर्ने हुँदा अख्तियारको यस्तो कार्यशैलीप्रति जनता समाजवादी पार्टी नेपाल घोर विरोध, भत्र्सना र आपत्ति प्रकट गर्दछ ।’

अख्तियारले बेटी पढाऊ बेटी बचाऊ कार्यक्रम अन्तर्गत साइकल खरिद र बिमामा अनियमितता भएको गुनासो आएपछि छानबिनका लागि सोसँग सम्बन्धित कागजातहरु जफत गरेको थियो ।

जसपाले आफूहरु सधैं नै अनियमितता, भ्रष्टाचार, कमिसनतन्त्र, माफियातन्त्र र लुटतन्त्रको विरुद्ध रहेको प्रष्ट पारेको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्